Thursday, June 17, 2021

नागरिकता अध्यादेश तुरुन्त फिर्ता लिन प्रलेससम्बद्ध लेखक–साहित्यकारको माग



काठमाडौँ । प्रगतिशील लेखक सङ्घसम्बद्ध केन्द्रीय समिति र राष्ट्रिय परिषद्का ६४ जना लेखक–साहित्यकारले हालै ओली सरकारद्वारा जारी नागरिकता अध्यादेश तुरन्त फिर्ता लिन माग गरेका छन् ।२०७८ जेठ १३ गते उनीहरूले संयुक्त पे्रसवक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।नागरिकता सिधै राष्ट्रियतासित जोडिएको बताउँदै उनीहरूले नागरिकतालाई अध्यादेशमार्फत जारी गर्दा स्वीकार्यताको पनि समस्या हुनेतर्फ उनीहरूले ध्यानाकर्षण गरेका छन् ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ–
“हालै नेपाल सरकारद्वारा जारी गरिएको नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश–२०७८ प्रति हामी प्रगतिशील लेखक सङ्घमा रहेका निम्न पदाधिकारी, सल्लाहकार, केन्द्रीय सदस्य तथा पार्षदहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनै पनि देशको संविधानमा प्रावधान गरिने नागरिकतासम्बन्धी ऐन सोझै राष्ट्रियतासँग जोडिने विषय हो । देशको वास्तविक भूमिपुत्रले पनि सहज ढङ्गले नागरिकता प्राप्त गर्न नसकिरहेको अवस्थामा हामीकहाँ खासगरी तराईमा यससम्बन्धी समस्या रहेको कुरा यथार्थ हो ।

वर्षौंदेखि संसदमा विचाराधीन नागरिकता ऐन पारित हुन नसकिरहेको अवस्थामा संसद भङ्ग गरी अध्यादेशमार्फत नागरिकता ऐन जारी गर्नुले सरकारको नियतमाथि नै संशय उत्पन्न भएको छ । नागरिकताजस्ता विषय अध्यादेशमार्फत जारी गरिँदा गलत नजिर बस्न सक्ने र नागरिकता वितरणमा पनि सर्वस्वीकार्यता नरहन सक्ने हुनाले हामी सरकारद्वारा जारी भएको यो अध्यादेश फिर्ता लिन माग गर्दछौँ ।

नेपालको नागरिकतासम्बन्धी नीति थप खुकुलो बनाउन भारतले लगातार नेपालमाथि दबाब दिँदै आएको छ । नेपालको राजनीतिक सङ्कटको फाइदा उठाएर भारतले ओली सरकारलाई प्रयोग गरेर गैरनेपालीलाई नागरिकता प्राप्त गर्न बाटो अध्यादेशद्वारा खोल्न सफल भएको छ ।

प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेका छन् । देशको राष्ट्रियतालाई नै गम्भीर आघात पुग्ने नागरिकताजस्तो विषयलाई अध्यादेशबाट पारित गर्न खोज्नु अधिनायकवादी शैली हो । बाह्य शक्तिलाई खुसी पार्न जारी गरिएको अध्यादेशले मुलुकलाइफिजीकरणतर्फ जानसक्ने संभावनालाई पनिनकार्न सकिन्न । हामी देशको राष्ट्रियता, सम्प्रभुतामाथि हुन सक्ने यस्तो कुनै पनि किसिमको कदमको घोर आपत्ति प्रकट गर्दछौँ ।

अतः सरकारद्वारा जारी भएको अध्यादेश तुरन्त फिर्ता लिन जोडदार माग गर्दै जारी नागरिकता अध्यादेशको खारेजीका लागि चल्ने न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ ।”

प्रलेससम्बद्ध ६४ जना लेखक–साहित्यकारको नामावली यस्तो रहेको छ–

१. गोपीरमण उपाध्याय, उपाध्यक्ष

२. समीर सिंह, महासचिव

३. प्रकाश थापामगर, सचिव

४. बाबुराम आचार्य, सचिव

५. मातृका पोखरेल, सल्लाहकार

६. डा. अमर गिरी, सल्लाहकार

७. रामप्रकाश पुरी, सल्लाहकार

८. डा. बिन्दु शर्मा, सल्लाहकार

९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

११. आरएम डङ्गोल, सल्लाहकार

१२. मिश्र बैजयन्ती, सल्लाहकार

१३. डा. पुष्करराज भट्ट, सल्लाहकार

१४. इन्द्र रेग्मी, सल्लाहकार

१५. भेषमान गिरी, सल्लाहकार

१६. डा. गोविन्द आचार्य, सल्लाहकार

१७. तेजेन्द्र प्रसाई, सल्लाहकार

१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

२१. जनक रसिक, सचिवालय सदस्य

२२. जगत्प्रसाद रेग्मी, केन्द्रीय सदस्य

२३. इन्द्र लामा, केन्द्रीय सदस्य

२४. नारायण मरासिनी, केन्द्रीय सदस्य

२५. बम बाँनिया, केन्द्रीय सदस्य

२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

२७. मीन राना, केन्द्रीय सदस्य

२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

३०. राजेश विक, केन्द्रीय सदस्य

३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

३२. जीवन शाही, केन्द्रीय सदस्य

३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

३४. कमल कार्की, केन्द्रीय सदस्य

३५. पुरु लम्साल, केन्द्रीय सदस्य

३६. डा. बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य

३७. सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य

३८. ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य

३९. बोधकुमार घिमिरे, परिषद् सदस्य

४०. सुवास खनाल, परिषद् सदस्य

४१. सुवास रिजाल, परिषद् सदस्य

४२. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

४३. कौशिला रिसाल, परिषद् सदस्य

४४. सुभाष जिसी, परिषद् सदस्य

४५. हेमराज आश्रम, परिषद् सदस्य

४६. विजय राणा, परिषद् सदस्य

४७. बिनु केसी, परिषद् सदस्य

४८. केशवनाथ योगी, परिषद् सदस्य

४९. राम बसु, परिषद् सदस्य

५०. ऋतु केसी, परिषद् सदस्य

५१. ध्रुव गिरी, परिषद् सदस्य

५२. धर्मराज दानी, परिषद् सदस्य

५३. कल्पना पौडेल जिज्ञासु, परिषद् सदस्य

५४. जगत् वाशिष्ठ, परिषद् सदस्य

५५. बाबा बस्नेत, परिषद् सदस्य

५६. यादवी ढकाल, परिषद् सदस्य

५७. शेखर अर्याल, परिषद् सदस्य

५८. प्रेमिला राई, परिषद् सदस्य

५९. रामबहादुर घिसिङ, परिषद् सदस्य

६०. धनकुटे कान्छा, परिषद् सदस्य

६१. गणेशकुमार राई, परिषद् सदस्य

६२. कृष्ण किशु, परिषद् सदस्य

६३. कल्याण ओझा, परिषद् सदस्य

६४. यादवराज उपाध्याय, परिषद् सदस्य

ooo

www.yugdarshan.com  बाट साभार 

बिघटन विरुद्ध स्रष्टा


सौर्य दैनिक, सोमवार १० जेठ - २०७८ 

=====================================





६३ लेखक-साहित्यकारद्वारा प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता (नामावलीसहित)




प्रगतिशील लेखक संघ (प्रलेस)ले प्रतिनिधि सभा विघटनविरुद्ध पाँच दलले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।

प्रलेससँग सम्बद्ध ६३ लेखक तथा साहित्यकारले संयुक्त विज्ञप्ति प्रकाशित गरी दलहरुप्रति ऐकयवद्धता जाहेर गरेका हुन्।

प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, सल्लाहकार मातृका पोखरेल, अमर गिरी, रामप्रकाश पुरीसहित लेखक साहित्यकारहरुले प्रकाशित विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको प्रतिनिधि सभा विघटनको कदम अप्रजातान्त्रिक, गणतन्त्र, संविधान र नेपाली जनताको भावनाको विरुद्ध रहेको जनाएका छन्।

विज्ञप्तिमा कोरोना संक्रमणको महामारीको बेला जनताले चुनाव नचाहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीको नियत पनि चुनाव गराउने नरहेको बताएका छन्।


प्रलेससम्बद्ध ६३ जना लेखक-साहित्यकारहरूको नामावली यस्तो रहेको छ,

१. गोपीरमण उपाध्याय, उपाध्यक्ष
२. समीर सिंह, महासचिव
३. प्रकाश थापामगर, सचिव
४. बाबुराम आचार्य, सचिव
५. मातृका पोखरेल, सल्लाहकार
६. अमर गिरी, सल्लाहकार
७. रामप्रकाश पुरी, सल्लाहकार
८. डा. बिन्दु शर्मा, सल्लाहकार
९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार
१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार
११. आरएम डङ्गोल, सल्लाहकार
१२. मिश्र बैजयन्ती, सल्लाहकार
१३. डा. पुष्करराज भट्ट, सल्लाहकार
१४. इन्द्र रेग्मी, सल्लाहकार
१५. भेषमान गिरी, सल्लाहकार
१६. डा. गोविन्द आचार्य, सल्लाहकार
१७. तेजेन्द्र प्रसाई, सल्लाहकार
१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य
१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य
२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य
२१. जनक रसिक, सचिवालय सदस्य
२२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य
२३. इन्द्र लामा, केन्द्रीय सदस्य
२४. नारायण मरासिनी, केन्द्रीय सदस्य
२५. बम बाँनिया, केन्द्रीय सदस्य
२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य
२७. मिन राना, केन्द्रीय सदस्य
२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य
२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य
३०. राजेश विक, केन्द्रीय सदस्य
३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य
३२. जीवन शाही, केन्द्रीय सदस्य
३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य
३४. कमल कार्की, केन्द्रीय सदस्य
३५. पुरु लम्साल, केन्द्रीय सदस्य
३६. बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य
३७. सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य
३८. ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य
३९. बोधकुमार घिमिरे, परिषद् सदस्य
४०. सुवास खनाल, परिषद् सदस्य
४१.. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य
४२. कौशिला रिसाल, परिषद् सदस्य
४३. सुभास जिसी, परिषद् सदस्य
४४. हेमराज आश्रम, परिषद् सदस्य
४५. विजय राणा, परिषद् सदस्य
४६. बिनु केसी, परिषद् सदस्य
४७. केशवनाथ योगी, परिषद् सदस्य
४८. राम बसु, परिषद् सदस्य
४९. ऋतु केसी, परिषद् सदस्य
५०. ध्रुव गिरी, परिषद् सदस्य
५१. धर्मराज दानी, परिषद् सदस्य
५२. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य
५३. जगत् वाशिष्ठ, परिषद् सदस्य
५४. बाबा बस्नेत, परिषद् सदस्य
५५. यादवी ढकाल, परिषद् सदस्य
५६. शेखर अर्याल, परिषद् सदस्य
५७. प्रेमिला राई, परिषद् सदस्य
५८. रामबहादुर घिसिङ, परिषद् सदस्य
५९. धनकुटे कान्छा, परिषद् सदस्य
६०. गणेशकुमार राई, परिषद् सदस्य
६१. कृष्ण किशु, परिषद् सदस्य
६२. कल्याण ओझा, परिषद् सदस्य
६३. यादवराज उपाध्याय, परिषद सदस्य

ooo

काठमाडौं, जेठ ९

 

हार्दिक समवेदना (श्रद्धाका शब्दहरू )









=====================================

अन्त्येस्टीका फोटो र भिडियो 
















====================================================





 


Sunday, December 29, 2019

लघुकथाकार डा. पुष्करराज भट्टलाई वनिता लघुकथा सम्मान - २०७६


                                                    

वनिता साहित्यिक त्रैमासिकले आफ्नो ७७ औ. अंक नारी जीवनका लघुकथाको विशेषांकका रुपमा प्रकाशित गरेको छ । यसै क्रममा यही २०७६ पौष १० गतेका दिन काठमाडौं, मण्डिखाटारमा सो अंकको विमोचन भयो । वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्को सञ्चालनमा सो कार्यक्रम सञ्चालन भएको थियो । वनिता परिवारको तर्पmबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा लघुकथाकार डा. पुष्करराज भट्टलाई वनिता लघुकथा सम्मान २०७६ प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाको बारेमा लघुकथाकार नारायण तिवारीले मन्तव्य राख्नुभएको सो समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा. पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राख्नुभएको थियो । सो समारोहमा कार्यक्रमको सभाध्यक्ष रहनुभएकी रञ्जुश्री पराजुलीले वनिता त्रैमासिक मार्फत पुरस्कार प्रदान गर्ने गरी रु. एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो । सो पुरस्कार हरेक वर्ष एकजना साहित्यिक प्रतिभालाई प्रदान गरिने समेत उहाँले बताउनु भएको छ ।

शब्दपथ  बाट 






 



---------------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------------


•लघुकथा खबर•
~मिति२०७६/०९/१०, काठमाडौं ।


आज एक कार्यक्रमको आयोजना गरि त्रैमासिक वनिता पत्रिकाको 'वनिता लघुकथा विशेषाङ्क' लोकार्पण सम्पन्न गरिएको छ । वनिता पत्रिकाको मिति २०७६ कार्तिक-पुस, अङ्क ४, पूर्णाङ्क ७७ लाई लघुकथा विशेषाङ्कका रूपमा प्रकाशित गरिएको हो । साथै, महत्वपूर्ण विषय के रह्यो भने यस लघुकथा विशेषाङ्कलाई 'नारी जीवनमा आधारित लघुकथा विशेषाङ्क' भनी सोही अनुरूप नारी केन्द्रित लघुकथाहरू मात्रै समावेस गरियो ।
प्रमुख अतिथि, सभापति, अतिथिहरू लगायत उपस्थित सबैले हातहातमा उक्त विशेषाङ्क लिएर लोकार्पण सम्पन्न गरेका थिए ।

साथै, कार्यक्रममा डा.पुष्करराज भट्टलाई 'वनिता लघुकथा सम्मान-२०७६'बाट सम्मान गरिएको थियो । पुष्करराज भट्टबारे र लघुकथा सम्बन्धमा कथाकार नारायण तिवारीले मन्तव्य राखेका थिए ।
चेतनाथ धमलाले समेत मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य मञ्जिला उप्रेतीले राखेको सो कार्यक्रममा दुई नारी श्रष्टाहरू क्रमशः गङ्गा कर्माचार्य पौडेलले 'आफ्नो मान्छे' र रश्मि रिमालले 'भविष्यका कर्णधार' शीर्षकका लघुकथा वाचन गरेका थिए ।
कथाकार ईन्द्रकुमार श्रेष्ठ सरितले सञ्चालन गरेको सो कार्यक्रमलाई साहित्यकार द्वय रञ्जुश्री पराजुलीले सभापतित्व र मातृका पोखरेलले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । दुवैको मन्तव्यमा लघुकथा साहित्यलाई हलुका ढंगले लिएर सिर्जना गर्नु नहुने आशय व्यक्त भएको थियो । सम्मानित श्रष्टा/द्रष्टा डा.पुष्करले समेत मन्तव्य राखेका थिए ।
साहित्यकार एवं वनिता पत्रिकाका सम्पादक/प्रकाशक लक्ष्मी उप्रेतीले धन्यवाद ज्ञापन गरेकी थिइन् । स्मरणीय के छ भने लक्ष्मी उप्रेतीको निवासमा नै कार्यक्रमको आयोजना गरिएको थियो । साथै, कार्यक्रममा महिला लेखिकाहरूको विशेष उपस्थिति रहेको थियो ।
••




लघुकथा कुनो  बाट साभार