Tuesday, November 12, 2024

‘शिक्षा र शिक्षा–क्षेत्र’ पुस्तक लोकार्पण

भक्तपुर, चैत्र २०, २०७३ । शिक्षामन्त्री धनिराम पौडेलले बाल साहित्यकार एवम् प्रगतिवादी साहित्यकार शान्तदासद्वारा लिखित ‘शिक्षा र शिक्षा–क्षेत्र’ नामक पुस्तकको लोकार्पण गर्नुभयो ।

सहिद बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा मध्यपुरथिमिको नौलोज्योति इङ्लिस स्कूलमा आज आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकारले शिक्षा ऐनमा आवश्यक परिवर्तन गरेको बताउनुभयो ।
अहिलेको आवश्यकता व्यवहारिक र प्राविधिक शिक्षा भएकाले सरकारले देशभर प्राविधिक शिक्षाको पहँुच पु¥याउने कार्यक्रम अघि सारेको चर्चा गर्दै उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, कृतिकार शान्तदास, प्राज्ञ मातृका पोखरेल, तारामान जोशी, डिल्लीराम गौतम, हरिबहादुर श्रेष्ठलगायतले कृति वर्तमान समयमा उपयोगी भएको चर्चा गर्नुभयो । 

रासस

000

https://onlinemajdoor.com बाट साभार 

थापाद्दारा लिखित छरियका विचारहरु र संस्मरण, आलोकमा मातृका पोखरेल र जया उपन्यास विमोचन



पाल्पा: साहित्यकार तथा नेकपाका प्रदेश सदस्य चक्रव्यू थापाद्दारा तीन कृतिको विमोचन गरिएको छ । थापाद्दारा लिखित छरियका विचारहरु र संस्मरण, आलोकमा मातृका पोखरेल र जया उपन्यास विमोचन गरिएको हो । नेकपा पाल्पाको तेस्रो पूर्ण बैठकमा नेकपा पाँच नम्वर प्रदेशका सह इन्चार्ज दल ब.राना, प्रदेश अध्यक्ष ओनसरि घर्ती, जिल्ला इन्चार्ज सोम प्रसाद पाण्डे, सह इन्चार्ज वसन्त घर्ती र जिल्ला अध्यक्ष नारायण आचार्यले संयुक्त रुपमा थापाद्दारा लिखित कृति विमोचन गरिएको थियो ।

साहित्य, कला र संस्कृति विभाग पाल्पाका प्रमुख गणेश ज्ञवालीले छरियका विचारहरु र संस्मरण गर्दै भन्नुभयो,“प्रस्तुत कृति विभिन्न समयमा लेखिएका विचारयुक्त लेखहरुको संग्रह हो । यसका तीनवटा आयामहरु छन्–शिक्षा, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन, सबै क्षेत्रका आआफ्नै विशिष्टताहरु छन् ।त्यसमा पनि कम्युनिष्ट आन्दोलनको परिधिभित्र रहेका लेख र संस्मरणहरु विविधतायुक्त छन् र तिनमा ऐतिहासिक यथार्थता र इमान्दारिता प्रकट भएको छ ।”

शुरुका तीनवटा लेखहरु शैक्षिक र विद्यार्थी आन्दोलनसँग सम्बन्धित छन् । शिक्षालाई राजनीतिबाट अलग गर्न खोज्ने प्रतिक्रियावादी मान्यताका बिरुद्ध लेखक दृढतापूर्वक उँभिनु भएको छ । वर्गीय समाजमा शिक्षाको स्वरुप पनि वर्गीय नै हुन्छ । उत्पीडक वर्गले उत्पीडनको सत्तालाई टिकाई राख्न शिक्षालाई दुरुपयोग गर्दछ र राजनीतिबाट शिक्षालाई अलग राखेर उत्पीडनकारी सत्ताको दीर्घायुको कामना गरिरहेको हुन्छ भन्ने यथार्थतालाई लेखकले यी लेखहरु मार्फत् प्रकट गर्नु भएको छ । राष्ट्रियता सम्बन्धी लेखहरुमा लेखकको प्रखर राष्ट्रवादी स्वर मुखरित भएको ज्ञवालीले बताउनुभयो ।

विशेषगरी भारतीय विस्तारवादले नेपालमाथि थोपरेको उत्पीडनबिरुद्ध संघर्ष गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उँभिनको निम्ति अभिप्रेरित गर्नु भएको छ । उन्नाईस वटा लेखहरुमध्ये बाँकिरहेका तेह्रवटा लेखहरु कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित रहेकाछन् । यी लेखहरुमध्ये पनि केही विचार ÷दर्शनसँग सम्बन्धित रहेकाछन् , केही संस्मरणहरु छन् भने केही जीवनीहरु छन् र्। क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवादी दृष्टिकोण’ र्,सर्वहारावर्गीय अनुशासनबारे लेनिनका केही कुरा’र्,अन्तरविरोधबारे’ र्र पार्टी एकता अनुभूति र अपेक्षा’ जस्ता लेखहरु बढी गहन र माक्र्सवादी लेनिनवादी मान्यताबाट पूर्ण ओतप्रोत छन् ।

प्रगतिशील लेखक सङ्घ रुपन्देही शाखा अध्यक्ष दल बहादुर गुरुङले आलोकमा मातृका पोखरेल उपन्यासको समीक्षा गर्दै भन्नुभयो“ सिर्जनाको आलोकमा मातृका पोखरेल नामक पुस्तकमा चारवटा परिच्छेद छन् । पहिलो परिच्छेदमा मातृका पोखरेलको जीवनी,दोस्रो परिच्छेदमा मातृका पोखरेलको व्यक्तित्व, तेस्रो परिच्छेदमा उनका साहित्यिक कृतिहरुको विवेचना र योगदान र चौथो परिच्छेदमा उपसंहार राखिएको छ । पुस्तकले मातृका पोखरेललाई सबैका बीच परिचय गराएको छ । उनको प्रतिभा,क्षमता,योग्यता र लेखन शैलीलाई परिचित गराउने र व्यापक प्रचार प्रसार गर्ने कामको गहन जिम्मेवारी रुवरुप सिर्जनाको आलोकमा मातृका पोखरेल पुस्तक काफी छ ।”

साविक कोशी अञ्चल उदयपुर जिल्ला ठाना गाविस–४ थामखर्कमा जन्मिएका पोखरेलले स्नातकोत्तरसम्मको अध्यययन पूरा गरेका छन् र साहित्यमा आफ्ना सिर्जना पस्किएका छन् । पुस्तकमा उल्लेख भएसम्म सेतो दरबारको छेउबाट (२०५६),यात्राको एउटा दृश्य (२०६०), अनुहारहरु (२०६४) कविता संग्रहहरु र सन्त्रस्त आँखाहरु (२०६१) कथा संग्रह प्रकाशित भइ सकेका छन् । त्यसका अलवा उनले विभिन्न खालका लेख, रचनाहरु विविध पत्रपत्रिकामा प्रकाशन गरिसकेका छन् ।

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुष्कर अथक रेग्मी जया उन्यासको समीक्षा गर्दै भन्नुभयो“जनमत संग्रह देखि जनयुद्ध हुँदै बाह्र बुँदे समझदारीसँगै उठान गरिएका कथाबस्तुमा राष्टवादी चेतना जागृत भएको पाइन्छ । बाल्यवस्थामा नालो (बहुदल) ले पारेको प्रभावसँगै क्रान्तिकारी महिलाको भूमिका निर्वाह गर्दै जानु नै राजनैतिक चेतनाको द्धार खुलेको छ ।”

000

https://www.nayadhar.com बाट साभार